Public Pana
प्रधानमन्त्री दाहाल पत्नी सीतालाई प्रथम महिला स्वरूप सम्मान गरिदै

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ । अन्त्य गर्दा प्रथम महिलाको रुपमा सम्मान गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

suchana dahal1689147732.jpg
दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।
बुधवार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिएन् ।
आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पुरायाइएको थियो । उनको आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update