Public Pana
प्रहरीले ‘पक्राउ पूर्जी’ जारी भएका बस्न्यातलाई अगाडिबाटै तारेख बुझ्न जाँदा समेत देखेन 

ललिता निवासको जग्गा प्रकरणमा अत्यिार दुरुपयोग अनुसन्धान आयोग आयोगका पूर्वप्रमुख दीप बस्न्यातसहित ४०६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ पूजी जारी गरेको छ । ती मध्य प्रहरीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बस्न्यातले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पिएसओ पनि फिर्ता गरेर लुकेका छन् । प्रहरीले उनलाई खोजी गरिरहेको बताउँछ ।

तर बस्न्यात प्रहरीकै अगाडिबाट बबरमहलस्थित विशेष अदालतबाट तारेख बुझ्दा पनि प्रहरीले पक्राउ गरेन ।
सरकारी छाप किर्ते गरी ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा प्रहरीले बस्न्यातविरुद्ध पनि अदालतबाट पक्राउ पूर्जी लिएको छ ।

यसै मुद्दामा अख्तियारले पनि अनुसन्धान गरी १७५ प्रतिवादीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । जुन मुद्दा हाल अदालतमा विचाराधीन छ । सोही मुद्दामा संलग्नमध्येका ८१ प्रतिवादीविरुद्ध मंगलबार अदालतमा तारेख तोकिएकोमा ६८ प्रतिवादीले तारेख बुझेका छन् ।

आठ प्रतिवादीले कानुन व्यवसायीमार्फत तारेख बुझे पनि बाँकी ६० प्रतिवादी सशरीर उपस्थित भएर तारेख बुझे । त्यसमा बस्न्यात पनि थिए र उनी आफै गएर तारेख लिएको अदाललतमा उनले गरेको हस्ताक्षरबाट देखिन्छ । तर अदालतको गेटमा र तारेख बुझ्ने स्थानको बाहिरसम्म बसेका प्रहरीले उनलाई पक्राउ गरेनन् ।


 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update