Public Pana
प्रधानमन्त्री पत्नी सीताको मृत्युपछि कांग्रेस केन्द्रीय समिति बैठक साउनमा

प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिताको निधनपछि नेपाली कांग्रेसको आज बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अर्को महिना साउन २ गतेसम्म सारिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री पत्नी सीताको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update