Public Pana
प्रधानमन्त्रीपत्नी सीताको दाहसंस्कार आजै गरिने

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको आज बिहान ८ः३३ बजे असामयिक निधन भएको छ ।ppp-sita1689136572.jpg

उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने नेकपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जनाएको छ ।

हार्दिक श्रदान्जली तथा परिवारजनमा संमवेदना सार्वजनिक गर्दै माओवादी केन्द्रले प्रधानमन्त्रीपत्नी सीताको मृत्युमा दुख्ख व्यक्त गरेको छ । press sita1689136491.jpg

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update