Public Pana
प्रधानमन्त्रीपत्नी सीताको निधन,पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाडामा राखिने

प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ । ६९ वर्षीया सीता दाहालको आज बिहान ८ः३३ मा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

उनलाई आज बिहान ८ बजे हृदयघात भएको थियो । सीता दाहाल ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पल्सी, पार्किन्सोनिस्म’ जस्ता रोगबाट पीडित थिइन् ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।deuba-norvic1689135015.jpg

कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।31689135048.jpg

norvic-puge-21689135135.jpgयसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।  
यसैबीच सीताको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।

aarati1689137189.jpgssssss1689137247.jpgre----1689137301.jpgrabi-norvic1689137344.jpgmakune1689137384.jpgkkkkkkkkk1689138519.jpgप्रधानमन्त्रीको सचिवालयले माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीताको शव बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update