Public Pana
खेल पत्रकार अर्यालको नेपाली खेलकुदको वृत्तान्त सार्वजनिक

दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियासिल नवीन अर्यालले खेल क्षेत्रको इतिहासबारे लेखेको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ ।

शरदचन्द्र शाह मेरोरियल फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाह, प्राध्यापक पी खरेल, नेपाल ओलम्पिक कमिटी (एनअओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ,प्रकाशक क्रिएटिभ्स बुक्सका अध्यक्ष टीएस ठकुरी र लेखक अर्यालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

लेखक अर्यालले पुस्तकमा नेपाली खेलकुद विकासको ऐतिहासिक घटनाक्रम, अन्तर्राष्ट्रिय प्रतियोगिताकोा सहभागिता, खेलाडीका सन्दर्भ, खेलकुद क्षेत्रका विभिन्न व्यक्तिको भूमिकालगायतलाई समेटिएको बताए ।

पुस्तक तयार पार्ने क्रममा खेल–इतिहास सम्बन्धी तथ्याङ्क जुटाउन कठिन भएको स्मरण गर्दै अध्ययनका लागि भारतको नयाँ दिल्लीका पुस्तकालयसम्म पुगेको बताए । नेपाली खेलकुदमा कुन समयमा के भएको थियो भन्ने सिलसिलाबद्ध रुपमा पढ्न सहज हुने अर्यालको विश्वास छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update