Public Pana
अदृष्य’ को पहिलो गीत सार्वजनिक

यही साउन १९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अदृष्य’ को पहिलो गीत ‘एक चोटी‘’ सार्वजनिक भएको छ ।
यो गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी तथा रिस्ता बस्नेत फिचर्ड छन् । गीतको भिडियोमा अभिनेता अग्रहरी र अभिनेत्री बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।

विशाल पौडेलको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा संगीतकार पौडल र सिमा संग्रौलाको स्वर सुन्न सकिन्छ । फिल्मको सार्वजनिक गीतको भिडियो तथा अडियो पक्ष औसत छ ।

प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा निर्माण भएको यो फिल्ममा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् ।

पिताम्बर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद र रिस्ताका अतिरिक्त सोहित मानन्धर, प्रविण खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update