Public Pana
भारतमा बाढी–पहिरोको वितण्डताः भारी वर्षाको भविष्यवाणी गर्न नसक्ने मौसम विभागको आलोचना

भारत यतिबेला बाढी–पहिरोको चपेटामा परेको छ । भारतको तराईदेखि पहाडसम्म, खासगरि उत्तर भारतका सबै राज्यहरु यतिबेला प्राकृतिक विपत्तिको सामना गरिरहेका छन् ।

दिल्ली तथा हिमाञ्चल प्रदेशको अवस्था सबैभन्दा नराम्रो छ भने पञ्जाब, हरियाणा तथा उत्तराखण्डको स्थिति पनि खासै राम्रो छैन । कुल सात राज्य अहिले बाढी तथा वर्षाले निम्त्याएको विपत्तिसंग जुधिरहेका छन् ।
हिमाञ्चल प्रदेशको अवस्था दश वर्षअघि केदारनाथमा आएको प्रलय झैँ भएको छ, जतिबेला छ हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए ।11689249921.jpg

यसपटक हिमाञ्चलसहित सात राज्यहरुमा आएको जल प्रलयाट अहिलेसम्म ८० जनाभन्दा बढी मानिसहरुको निधन भैसकेको छ । बाढीले हिमाञ्चल प्रदेश, उत्तराखण्ड, दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान, जम्मू–कश्मीर राज्यमा बढी विध्वंश मच्चाएको छ ।51689250038.jpg41689250012.jpg21689249947.jpg

अहिले आएर सर्वसाधारण मानिस तथा विशेषज्ञहरुबीच यो अवस्था के अब ‘न्यू नर्मल हुनेछ ?’ भन्ने विषयमा चर्चा हुन थालेको छ । 31689249972.jpg

उत्तर भारतमा आएको वर्षाको विपत्तिपछि भारतीय मौसम विज्ञान विभागसहित अन्य केन्द्रिय एजेन्सीहरुले मौसमका बारेमा सही भविष्यवाणी गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । यी एजेन्सीहरुले समयमै यस्ता भयानक मौसमको बारेमा जानकारी नदिएकै कारण नोक्सान बढिरहेको छ भन्दै आलोचना गर्न थालिएको हो ।

के वास्तवमै यस्तो मौसमी गतिविधिहरुको बारेमा पूर्वानूमान गर्न गाह्रो छ त ? भारतीय सञ्चार माध्यमहरुले यस्तो जिज्ञासा उठाउन थालेका छन् ।

यसैबीच, भारतीय मौसम विभागले के दावी गरेको छ भने उसले अत्याधिक वर्षा हुने अधिकांश भविष्यवाणीहरु सही समयमै गरेको थियो । यद्यपि, केही विषेशज्ञहरुले यसमा सुधार गर्दै जन–धनको क्षतिलाई कम गर्न सकिने बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update