Public Pana
हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम, घटना छानबिन गर्न समिति गठन

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शवको पोष्टमार्टम भएको शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ ।

क्याप्टेन बाहेक सबै विदेशी रहेकाले शब लिन आउने आफन्त वा शब पठाउनेबारे सम्बन्धित देशसँग छलफल गरेर प्रकृया अगाडी बढाईने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

हिजो मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

उनले भनिन्,“मनाङ एयरको हेलिकप्टर दुर्घट्ना भएको छ । यस प्रति मन्त्रीपरिषद्को बैठकले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ र पर्यटन मन्त्रालयको सहसचिव बुद्धि सागर लामिछानेको नेतत्वमा छानविन गठन गरिएको छ ।”
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update