Public Pana
यी हुन् २५ देखि ९९ वर्षसम्मका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले तयार पारेको नामावलीको सूचीअनुसार सबैभन्दा बढी ९९ वर्षका गोरखा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका टीकादत्त पोखरेल छन् । उनले कांग्रेस (बिपी)बाट उम्मेदवारी दिएका हुन् । 

प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनेमा सबैभन्दा कम उमेर २५ वर्ष छ । २५ वर्ष उमेर समूहका २० जना उम्मेदवार छन् । तीमध्ये १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पाँचजनाले पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेशतर्फ उम्मेदवारी दिने सबैभन्दा बढी उमेर पर्वतका बालकृष्ण पौडेलको छ । उनले पर्वत १ (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

प्रदेशमा ८० वर्ष कटेका चारजना उम्मेदवार छन् । प्रदेशतर्फ २५ वर्ष उमेर समूहका ३२ उम्मेदवार छन् । जसमध्ये १६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आयोगका अनुसार प्रदेश सभातर्फ ३,२८९ र प्रतिनिधिसभामा २,४३६ उम्मेदवार छन् ।

प्रतिनिधि सभाका उम्मेदवार

प्रदेश सभाका उम्मेदवार

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update