Public Pana
आज पनि वर्षा हुने

तीन दिनदेखि जारी वर्षा आज पनि नेपालका विभिन्न स्थानमा हुने भएको छ । हाल मनसुनी वायुको असरका कारण मुख्य नेपालका कोशी, वाग्मती, गण्डकी र मधेष प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ रहेकोले वर्षालाई रोकिने संभावना नरहेको महाशाखाको सूचनामा उल्लेख छ ।

बुधबार बिहान कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको  छ । कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाको पूर्वानुमान छ ।  
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update