Public Pana
नीति महाधिवेशनको मिति तय गर्न आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधबारदेखि सुरु हुँदैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने नेपाली कांग्रेसका नेता एंव अर्थमन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

पब्लिक पानासँग कुरा गर्दै उनले भने,“ करिब १ वर्ष पछि बस्न केन्द्रीय समितिको बैठक बस्न लागेको हो, नीति महाधिवेशनलाई मुख्य एजेन्डा बनाएको छ, भातृ संगठन सम्बन्धी विस्तारका बारेमा पनि छलफल हुने छ ।”

यसअघि केन्द्रीय समितिको बैठक गत वर्ष साउनमा बसेको महतले बताए । बैठकमा नीति महाधिवेशनको मिति र स्थान तय गरिने उनले जानकारी दिए ।

बैठकमा कांग्रेसकोे कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रम बारेमा पनि छलफल हुने छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update