Public Pana
अपडेट : मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सबैको पोष्टमाटमका लागि प्रक्रिया अगाडी बढाइएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको हो ।

मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । क्याप्टेन नेपाली बाहेक यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update