Public Pana
ट्रेडमिलमा कुदेर गन्तव्यमा पुगिँदैन : केपी ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकाजलाई ट्रेडमिलको कुदाइसँग दाँजेका छन् ।

उनले आज मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले रोएर ध्यान तान्न खोजेको बताएका छन् ।

सरकार बनाउने, जोगाउन र त्यसलाई टिकाउने अभ्यास दैनिक किचलोको रूपमा रहेको बताउँदै ‘ट्रेडमिल’मा कुदेर गन्तव्यमा नपुगिने टिप्पणी गरे ।

‘सरकार बनाउने, त्यसलाई जोगाउने, यताको टेको, उताको टेको, कसैलाई जेलबाट छुटाएर ४ वटा भोट लियो– यस खालको कुनै परिणाम ननिस्किने ट्रेडमिलमा कुदेर गन्तव्यमा पुगिँदैन’, उनले भने ।
अध्यक्ष ओलीले गन्तव्य अन्तै छ भने गन्तव्यमा नपुगिने दोहोराउँदै आफ्नो पार्टी खाली ट्रेडमिलमा नकुद्ने दाबी गरे । ‘हाम्रो पार्टी गन्तव्य भएको पार्टी हो । यो खाली ट्रेडमिलमा कुद्ने मात्रै होइन’, ओलीले भने ।

ओलीले अहिलेको सरकारले झुट बोल्ने र अफवाह फैलाउने गरेको आरोप समेत लगाए । उनले एमालेलाई अहिले सरकारमा जान हतारो नभएको जिकिर गर्दै सरकारतर्फ हेर्दै नहेरेको र नसोचेको पनि बताए । ‘हामी ग्रासरुटमा लाग्यौँ । मिसन ८४ पट्टि लागेका छौँ’, उनले भने

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update