Public Pana
नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान गर्ने

नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ । अभियानको प्रारुप भने केन्द्रीय समिति बैठकले निर्धारण गर्ने भएको छ ।

केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाइएको छ । ‘कस्तो प्रकृतिको अभियान, अवधि, नारा, अभियानको उद्धेश्य केन्द्रीय समितिले निर्णय गर्ने कांग्रेसले जनाएको छ । अभियान सकिएपछि मात्रै नीति महाधिवेशन हुनेछ ।

महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति समेत तय भएको छैन । यसअघि कांग्रेसमा नीति महाधिवेशन गर्ने प्रचलन थिएन । नेता चयन र नीति माथिको बहसका लागि छुट्टाछुट्टै महाधिवेशन गर्ने पार्टीले निर्णय लिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update