Public Pana
शेयर बजार ४.७३ अंकले घट्याे

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेश्रो दिन मंगलबार सामान्य रुपमा ओरालाे लागेकाे छ ।

यस दिन नेप्से सूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आएर अडिएको छ । २ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

सूचक दबाबमा रहँदा कारोबार रकम पनि खुम्चिएको हो । यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । विकास बैंक र फाइनान्स समूहमा चमक देखिएको छ । 

यसदिन २८३ कम्पनीको ७९ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १२ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update