Public Pana
रुखमा ठोक्किएर मनाङ एयरको हेलिकोप्टर दुर्घटना : अपडेट 

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर रुखमा ठोक्किएर  दुर्घटना भएको पत्ता लागेको छ । लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । प्रहरीले दुर्घटनास्थलबाट ६ जनाकै शव संकलन गरिसकेको छ । शवहरु विभत्स अवस्थामा उद्धार गरिएका छन् ।

हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । हेलिकोप्टर झाडीमा भेटिएको छ ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार उद्धारका लागि प्रहरी परिचालन गरिएको थियो ।manag 31689071947.jpg

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन–एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो ।

भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि घटनास्थलमा हेर्दा हेलिकप्टर दुर्घटना भएको देखिएको स्थानियले बताए । हेलिकोप्टरमा ६ जना चढेका रहेका छन्, उनीहरुको शरीर पनि क्षतविक्षत् अवस्थामा देखिन्छ,’ । गाउपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् । 

उनका अनुसार हेलिकोप्टर दुर्घटनाको प्रकृति हेर्दा पहिला सानो धुपीसल्लाको रुखमा ठोक्किएको रहेछ । कुहिरो र मौसम खराब भएका कारण हेलिकप्टर रुखमा ठोक्किन पुगेको रहेछ । manag-21689072029.jpg

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update