Public Pana
ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ

ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ ।
यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update