Public Pana
मनाङ एयरको हेलिकोप्टर दुर्घटना अपडेट: क्याप्टेन गुरुङ र ५ विदेशीको परिचय खुल्यो

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ ।

हेलिकप्टरमा चढेका ५ जनाको मृत्यु भएको र एक जना फेला नपरेकाले खोजी जारी छ ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए । उद्धारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रसाशन कार्यालय सोलु जनाएको छ ।
सुर्केबाट उडेको मनाङ एयरको नाइन एन–एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले पब्लिक पानालाई जानकारी दिइन् ।
भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि घटनास्थलमा हेर्दा हेलिकप्टर दुर्घटना भएको देखिएको गाउँलेले जनाएका छन् ।
लुक्ला विमानस्थलका अनुसार हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update