Public Pana
मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।
बिहान ९: ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् ।

पब्लिक पानासँग कुरा गर्दै उनले ‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् । ६ जना चढेका रहेछन्, सबैको मृत्यु हुनसक्छ, अरु बुझ्न बाँकी छ, सबै उद्धारमा छौं ।’ 

क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए । हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थलले जनाएको छ ।

हेलिकोप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको रहेछ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update