Public Pana
एक दिवसीय वरीयता, नेपालको खस्कियो

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान ओरालो लागेको हो । 
आईसीसीको नयाँ वरीयता अनुसार नेपाल १५ औँ स्थानमा झरेको छ । जिम्बाब्वेमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्न जानुअघि नेपाल १४ औँ स्थानमा रहेको थियो ।
विश्वकप छनोटमा भने नेपाल केवल २ खेल जित्दै समग्रमा आठौं स्थानमा रहेको थियो ।
एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड (१२ औँ) शीर्ष स्थानमा रहँदा आयरल्यान्ड र नेदरल्यान्ड्स पनि नेपाल भन्दा माथि रहेका छन् ।
नामिबिया, अमेरिका, ओमान र यूएई नेपालभन्दा पछाडी रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update