Public Pana
‘मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

 सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ । 

चालकसहित ६ जना यात्रु रहेको सो उक्त हेलिकप्टरको हेलिकप्टरको खोजीकार्य भइरहेको छ । साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ । हेलिकप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन । 
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update