Public Pana
बालेनले खुलाए २० वर्षदेखि बन्द रहेको सडक

नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ ।
जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन । अहिले सडक खुलेपछि उपभोक्ताहरुमा खुशी छाएको छ ।

ktm 1 road1689045284.jpg
‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा ब्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र साह (बालेन) ले फिल्ड निरीक्षण गर्नु भयो । नेपाली सेनाले हक–भोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो । यसपछि सडक खोल्ने वातावरण तयार भयो । अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिए ।
काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ–वनस्थली सडक, उत्तरमा वालाजु—वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू—भगवान पाउ—विजेश्वरीहुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।
२०६० साल वैैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । त्यसपछि सहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२५ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि  जग्गा विकासको काम थालिएको हो ।
यसमा २४.४७५ सडकका लागि, २.००५ पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५०५ धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३५ भचाखुशी नदीका छुट्याइएको छ ।
आयोजना सुरु हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२५ भाग ओगटेको थियो । सडकले ४.६५५, कुलोले १.१५५, पर्ती जग्गाले ०.३१५ र भचाखुशी नदी १.४७५ क्षेत्र ओगटेको थियो । एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update