Public Pana
बजारमा ८ करोडको आईफोन १४ प्रो म्याक्स 

बजारमा आठ करोड मुल्य पर्ने प्रो म्याक्स आएको छ । पछिल्लो समय एप्पलको नयाँ मोडेल आईफोन १४ सिरिजले बजार तताईरहेका बेला आईफोन १४ प्रो म्याक्स सबैभन्दा महँगो आईफोन मोडल देखिएको छ ।
नेपाली बजारमा यसको मूल्य १ लाख ९१ हजार ९ सय ९० रुपैयाँदेखि शुरु हुन्छ तर आईफोन १४ म्याक्स ८ करोड रुपैयाँभन्दा बढी पर्छ ।
एप्पल आईफोन १४ प्रो म्याक्सको डायमण्ड स्नोफ्लेक भेरियन्टलाई क्याभियारले कस्टमाइज गरेको छ । यसको मूल्य ६ लाख १६ हजार अमेरिकी डलर अर्थात् करिब ८ करोड १० लाख ३४ हजार रुपैयाँ छ । यो आइफोन लेम्बोर्गिनी हुराकान इभीओ सुपरकार भन्दा पनि बढीको हो ।
यो आईफोनलाई क्याभियारले बेलायती ज्वेलरी ब्राण्ड ग्राफसँगको सहकार्यमा कस्टमाइज गरेर बनाईएको हो र ३ ओटा मात्रै विशेष मोडलहरुमा छ ।
आईफोन १४ प्रो म्याक्सको डायमण्ड स्नोफ्लेक भेरियन्टमा, यसको पछाडिको पेन्डेन्ट हो । यो पेन्डेन्ट डिजाइन प्लाटिनम र सेतो सुन अर्थात ह्वाइट गोल्डबाट बनाइएको हो । 
आठ करोडभन्दा बढी मूल्य तोकिएको यो मोबाइल किन्न क्याभियारको आधिकारिक वेबसाइटमा गएर अडर गर्न सकिन्छ ।
आईफोन मोडेलको साथ, कम्पनीले तपाईंलाई १ वर्षको वारेन्टी दिन्छ र यसको डेलिभरी प्रक्रिया मेलिङ सेवा मार्फत गरिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update