बागी उम्मेदवार र जसपाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धन दलको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
आजको बैठकमा गठबन्धनमा आवद्ध दलबाट परेको बागी उम्मेदवारीको सम्बन्धमा छलफल हुने बताइएको छ । त्यस्तै गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) बारे पनि छलफल हुने बताइएको छ ।
सत्तामा बसेर विपक्षी दलसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका मन्त्रीहरुबारे गठबन्धनले आज ठोस निर्णय लिने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १२:४३
प्रतिक्रिया दिनुहोस्