Public Pana
बर्सेनि विद्यार्थी बिदेशिदा अर्थ र राष्ट्र मारमा

गत जेठसम्म ७५ खर्ब १४ अर्ब रुपैयाँ विदेशीएको छ । विद्यार्थीहरु विदेश जाने भएकाले विदेशी मुद्रा बाहिरिइहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो रकमे कुल विदेशी विनिमय सञ्चितिको ५.७ प्रतिशत रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक अध्ययन शीर्षकमा ६७ खर्ब७ अर्ब नेपाली रुपैयाँ बराबारको विदेशी मुद्रा बाहिरिएको थियो ।

कोभिड महामारीका बेलामा बाहेक केही वर्षदेखि विदेश जाने विद्यार्थीको सङ्ख्या र विदेशी मुद्रा बाहिरिने क्रम निरन्तर बढेको राष्ट्र बैंकले जनाएको हो ।

शिक्षा मन्त्रालय र राष्ट्र् बैंकको तत्थ्यांकले देशको अर्थव्यवस्थामा पर्ने अल्पकालीन तथा दीर्घकालीन असर पर्ने आर्थिक जानकार नवराज गौतम बताउँछन् । पब्लिक पानासँग कुरा गर्दै उनले लाखौं युवा बाहिरिने क्रम बढ्नुले नेपाली समाजको संरचनामा असर समेत परेको बताए । गौतमले नेपाली शैक्षिक संस्थाको सेवामाथि गुणस्तरको प्रश्‍न, पढाइ सकिएपछि अवसरको अभाव, बेरोजगारी, महँगीलगायत विभिन्न बाध्यताका कारण वैदेशिक अध्ययनको निहुँमा विदेशीने बढ्दै गरेको दाबी गरे ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा १ लाख जनाले नो अब्जेक्शन सर्टिफिकट (एनओसी) लिएको शिक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update