Public Pana
आज पनि वर्षा  

आज पनि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म देशभर मौसम बदली भई वर्षा बढ्ने सम्भावना देखिएको हो ।
अहिले बिहान पनि कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

राति देशभर पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीमधेशबागमतीलुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
बागमती अन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म सबै प्रदेशमा वर्षा हुनेछ ।  कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update