Public Pana
फिल्म ‘दान्भी’ मा पूजाको हट अवतार

एक साताअघि छायांकन प्रारम्भ भएको नोपली फिल्म ‘दान्भी’ को ‘तिमीलाई दिने मायाको खानी’ गीतका तस्बिरहरु सार्वजनिक गरिएको छ ।
यो गीतको छायांकन सम्पन्न भएसँगै निर्माण पक्षले तस्बिरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरहरुमा फिल्मका मुख्य दुई कलाकारहरु अभिनेत्री पूजा शर्मा तथा अभिनेता कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्बिरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।
हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
अर्जुन पोखरेलको संगीत रहेको यो गीत चाँडै नै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।
फिल्मलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गरिएको निर्देशक रुपेशले जानकारी दिए । यो फिल्मको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंको छायांकन सम्पन्न भएपछि बाँकी छायांकनका लागि फिल्मको टीम दार्जीलिङ जानेछ ।
कुन्साङ र पूजाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update