Public Pana
स्वर्णधारी ललित स्वदेश फिर्ता राखेपद्धारा स्वागत

मालदिभ्सको मालेमा भएको १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन् । 
राष्ट्रिय खेलकुद परिषद् (राखेपा)का सदस्य सचिव टंकलाल घिसिङले ललितलाई स्वागत गर्दैसफलताको बधाइ दिदै कठोर परिश्रमका कारण तपाईंले सफलता प्राप्त गरेकोमा देशको शिर उचो भएको बताए ।
ललितलाई राखेपसँगै नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भब्य स्वागत गरेका थिए । 
ललितले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन्। यो स्पर्धामा ६ खेलाडी सहभागी थिए। 
दक्षिण एशियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम मालदिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित १० औं स्थानमा रहे। खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update