Public Pana
भारतको क्यारामा पहिरोले पुरिएर तीन जना नेपालीको मृत्यु

भारतको सिम्लाको क्यारामा सोमबार गएको पहिरोमा पुरिएर ३ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए । 
क्यारामा लगातार चार दिनदेखि निरन्तर अविरल वर्षा गएका कारण पहिरो गएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update