Public Pana
आफ्नो अभिव्यक्ति कमजोर रहेको प्रधानमन्त्री दाहालको स्वीकारोक्ती 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । 
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले आज स्पष्टीकरण दिइरहेका हुन् । प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिमा पारिवारिक सम्बन्धलाई जोडे । 
उनले भने, “मेरी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको हो, त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपछ भनेको, उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।”
हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएकोले भावनात्मक अभिव्यक्ति भएको उनले सुनाए ।
उनले थपे, “यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु, थोरै भावनामा आएँ, मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें ।”
प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने उनले स्वीकार गरे । उनले आफूले त्यो दिन प्रधानमन्त्री भएर नबोलेको, आफू ज्ञानुको बुबा भएर अभिव्यक्ति दिएको र सिंहको सदासयताको निम्ति धन्यवाद भनेको प्रष्ट पारे । 
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update