Public Pana
प्रतिनिधिसभामा प्रधानमन्त्रीले स्पष्टीकरण दिंदै 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण व्यक्त गरिरहेका छन् । बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटालाई एमालेका तर्फबाट धारणा राख्न समय दिए । त्यसपछि रास्वपा अध्यक्ष रवि लामिछानेले धारणा राखेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आफ्नो अभिव्यक्ति दिएपछि बल्ल प्रधानमन्त्री दाहालले बोल्ने समय आएको हो । तसर्थ अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update