Public Pana
कतारबाट भन्सार छलीमा सुन ल्याएको आरोपमा १२ जना पक्राउ

गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी आज सोमबार सार्वजनिक गरेको हो । 
उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ ।
नेपाल वायु सेवा निगमको जहाजबाट हिजो आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा स–साना परिमाणका सुनका गहना फेला परेका थिए ।
सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो । 
प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुन लगायत कारोबार गरेको देखिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update