Public Pana
३ नेताको बैठकबारे पार्लियामेन्टमा थाहा हुने ओलीको दाबी

संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच फेरी भएको छलफल सकिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
बैठकपछि  पत्रकारसँग कुरा गर्दै उनले हाम्रो मिटिङको कूरा पार्लियामेन्टमा थाहा हुने दाबी गरे ।

प्रतिनिधिसभाको बैठक अहिले ३ बजे बस्दैछ ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update