Public Pana
प्रतिनिधिसभा आज दिउँसो ३ बजे राष्ट्रियसभाको बैठक भोली 

प्रतिनिधिसभा आजका लागि दिउँसो ३ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक भोलीका लागिग सरेको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोली मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेको हो ।
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेर विपक्षी एमालेले निरन्तर संसद अवरोध गदैं आईरहेको बेला आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको हो । आइतबार संसदको गतिरोध हटाउन तीन प्रमुख दलका शीर्ष नेताकाबीचमा भएको छलफलमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेर आफनो धारणाबारे आत्मआदोचित हुने, एमालेले जारी संसदको अवरोध हटाउने समझदारी बनेको थियो ।
जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीको बजेट माथी छलफल हुदैँ थियो ।
साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुने भन्दै सम्भाबित कार्यसुची पनि सार्बजनिक गरिएको थियो ।
राष्ट्रिय सभा भोलिसम्म सारिएपनि प्रतिनिधिसभा आजका लागि दिउँसो ३ बजे बोलाइएको हो । प्रतिनिधिसभा आइतबार बस्दै नबसी सूचना टाँस गरेर आज दिउँसो ३ बजेसम्मलाई सारिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update