Public Pana
आजदेखि बढ्यो वर्षा  

आजदेखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबारदेखि बुधबारसम्म देशभर मौसम बदली भई वर्षा बढ्ने सम्भावना देखिएको हो ।
अहिले बिहान पनि कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
बागमती अन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको छ भने विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसमेत ३ दिनसम्म सबै प्रदेशमा वर्षा हुनेछ ।  कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update