Public Pana
आरिफले इमर्जिङ कप नखेल्ने, टोलीलाई बिदाइ

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साता सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्रले जुलाई २० देखि हुने फ्रेन्चाइज लिग ग्लोबल टि२० क्यानडा खेल्न लागेका कारण इमर्जिङ कप नखेल्ने भएका हुन् । आरिफ नखेल्ने भएपछि नेपालले उनको स्थानमा पवन सरार्फलाई मौका दिएको छ । आरिफ नेपालका भरपर्दा ब्याटर हुन् । उनले ४७ ओडिआई खेलमा ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन् । आरिफले मध्य गतिमा बलिङ समेत गर्ने थिए ।
पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । गतवर्ष भदौंमा केन्या भ्रमणमा कमजोर प्रदर्शनपछि पवन टोलीबाट बाहिरिएका थिए । पवन तल्लोक्रमका ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । ओमान र युएईले पनि आफ्नो ए टोली पठाउने छन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update