Public Pana
बढ्दो अवार्ड र सम्मान 

करिब दुई महिनाअघि नेफ्टा फिल्म अवार्डको मनोनयन घोषणा गर्ने कार्यक्रममा सहभागि भएकाले पनि विरोध जनाउन थालेका छन् ।
अहिले कम्तिमा हप्तामा एक पटक, नभए दुई हप्तामा एक पटक अथवा कम्तिमा महिनामा एक पटक फिल्म क्षेत्र या त संगीत क्षेत्रमा अवार्ड अथवा सम्मान समारोह आयोजना भएकै हुन्छन् ।
कतिपय अवार्डको ईतिहास लामै बनिसकेको छ भने कति अवार्ड नयाँ–नयाँ नाम र आयोजकसहित कला क्षेत्रको हिस्सा बन्दै छन् ।
यद्यपि, कला मापन गरेर दिइने अवार्डमा एकरुपता भने पाइँदैन । किनकी यहाँ बक्स अफिस अवार्ड त आयोजक अनुसार भिन्न– भिन्न फिल्मले पाउँछन् भने अरुको के कुरा गर्नु ? एउटा अवार्डमा बेस्ट बनेको फिल्म अर्को अवार्डको नोमिनेसनमा समेत नपर्ने तीतो यर्थाथता नेपाली फिल्म क्षेत्रभित्रै देखिएको छ ।
अझ अहिले त चर्को रकम तिरेर फर्म भराईने चलन पनि छ । नेफ्टा फिल्म अवार्डको फारमको रकम हेरेर नै ‘महापुरुष’ टिमले फर्म भएकी थिएन भन्ने हल्ला समेत चलेको थियो । तर अवार्ड एक पटक गर्ने र वर्षभरी दाल–चामलको जोहो गर्ने परिपाटी हेर्दा यो असत्य नै हो भन्ने अवस्था पनि छैन ।
कतिपय आयोजकले मानव तस्करीका लागि विदेशमा अवार्ड आयोजना गर्ने र गैर कलाकार लगेर मोटो रकम लिएर उतै छाड्ने गरेका समाचार पनि समय–समयमा आउने गरेका छन् ।
तर, जति पनि आयोजक छन्, उनीहरु उक्त आरोप स्विकार्न चाहँदैनन् । भलै गएका सबै नफर्किएको पनि सत्य नै हुन्छ ।
अहिले नेफ्टा अवार्ड अमेरिकामा हुँदैछ । यही जुलाईको तेस्रो साता यो अवार्ड आयोजना हुँदैछ । तर, अझैसम्म आयोजककै भिसा नलागेको बताइन्छ । उता, अमेरिकाबाट स्थानिय दुई आयोजक संस्थाले हात झिकिसकेको चर्चा पनि छ । बजारमा मानव तस्करी कै लागि यो सब भैरहेको हल्ला छ । तर आयोजक मान्न तयार छैनन् । अमेरिकामा आयोजना हुने यो अवार्डका निम्तो पत्र अमेरिकामै बसोबास गर्ने नेपाली कलाकारले सामाजिक सञ्जालमा पोस्ट्यासकेका छन् ।
यता, नेपालमै अवार्डहरु आयोजना भैरहन्छन् । नोमिनेसनमा परेकाको त के कुरा, अवार्ड पाउने स्वयंसमेत समारोहमा उपस्थित हुँदैनन् । यसै साता काठमाडौंमा आयोजित एउटा अवार्ड समारोहमा अभिनेता र अभिनेत्रीको अवार्ड विजेताहरु नै समारोहमा उपस्थित थिएनन् । यसले अवार्ड समारोहप्रति एकथरी कलाकारको मोह भंग हुँदै गरेकोतर्फ संकेत गर्छ ।
एकातिर नेपाली फिल्मको बजार खुम्चिरहेको छ भने अर्कोतिर अवार्ड आयोजकले अवार्डको संख्या भने बढाइरहेका छन् । न त अवार्ड समारोहको आयोजनामा कमि भएको छ, न त जस्तो पनि अवार्ड थापेर विदेशको बाटो सुरक्षित गर्न नेपाली कलाकार पछि नै परेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update