Public Pana
अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।
जिम्बाव्वेको हरारेमा पहिला ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो ।
श्रीलंकाका सहान अरचिगेले ५७ तथा कुशल मेन्डिसले ४३ रन बनाए ।
जितका लागि २३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स श्रीलंकाली बलरसामु निरीह सावित हुँदै २३.३ ओभरमा १०५ रनमा अल आउट भयो ।
नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोडले ३३ तथा लोगन भान बीकले नट आउट २० रन र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका महेश थिकसनाले ४ तथा दिल्सान मधुशंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update