Public Pana
मौसम निगरानी गर्ने भूउपग्रहले खिच्यो पृथ्वीभरि चट्याङ परेको दृश्य

युरोपको मौसम निगरानी गर्ने निकाय यूमेट्स्याटले विश्वभरि बिजुली चम्किएको देखिने आकर्षक भिडिओहरू सार्वजनिक गरेको छ ।
ती भिडिओहरू भूमध्यरेखामा पर्ने अफ्रिकी भूभागको आकाशमा पृथ्वीको सतहभन्दा ३६,००० किलोमिटर माथिबाट खिचिएका हुन्। एउटा नयाँ उपकरणले गत डिसेम्बरमा ती भिडिओ खिचेको हो ।
आफ्नो पूर्ण क्षमतामा काम गर्न थालेपछि उक्त उपकरण मौसम पूर्वानुमानकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण साधन बन्ने छ। त्यसले आँधी र प्रचण्ड हावाहुरी उत्पन्न भएको पत्ता लगाउन सक्छ ।
प्रायः ठूलो वर्षा हुनु, असिना पर्नु र ठूलो हावाहुरी चल्नुअघि बिजुली चम्किन्छ र चट्याङ पर्छ।
यूमेट्स्याटका महानिर्देशक फिल इभान्सले ती भिडिओहरूलाई “अद्भुत“ को सङ्ज्ञा दिएका छन्।
यो वर्ष थप गर्मी हुन सक्ने वैज्ञानिकहरूको चिन्ताबीच नेपालको अवस्था कस्तो रहला भन्ने प्रश्न आएका बेला रेजलूशन (स्पष्टता) र पर्फर्मन्स (कार्यसम्पादन) का दृष्टिकोणमा यो उन्नत रहेपनि नेपाली मनसुनसँग सोमाली हावाको साइनो अहिले नै किटान गर्न नसकिने बैज्ञानिकहरूले जनाएको बीबीसीले जनाएको छ । 
वास्तवमा भन्ने हो भने मेटिओस्याट–१२ अर्बौँ यूरो खर्च गरिएको युरोपको मौसम निगरानी प्रणाली सुधार परियोजनाको अंग रहेकाले यसले मौसम निगरानी गर्न युरोपका विभिन्न देशहरूले पृथ्वीको कक्षमा पठाएका उपकरणहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अन्तरसरकारी संस्था रहेको बीबीसीले उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ००:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update