Public Pana
‘बगान’ आगामी शुक्रबारबाट सिनेमा हलमा

आगामी शुक्रबार रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको बताए ।
बगान एकल महिलाको कथा रहेको र हाम्रो समाज पितृसतात्मक समाज भए पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकाले सामाजिक विषयलाई यस चलचित्रले उठाएको उनले ठोकुवा गरे । 
उनले बगानको कथा नयाँ भएको दाबी गरेका छन् । करिश्मा मानन्धरको जीवनी बगानको कथासँग मिल्ने भएकाले मुख्य भूमिकामा राखिएको कलाकार खनालले बताएका छन् । 
करिश्माले हालसम्म दुई सयभन्दा बढी सिनेमामा अभिनय गरेपनि सबै सिनेमामा नायिकाको भूमिकामा मात्रै सीमित रहेकीले बगानमा मुख्य भूमिकामा रहेको चलचित्र निर्माण पक्षले दाबी गरेको छ ।
अभिनेत्री मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन्। उनले बगान समाजको ऐना भएको बताइन् ।
बगानबाट नै डेब्यू गरेकी अभिनेत्री प्रमिला कार्कीले श्रीमानले लगानी गरेको भएर सिनेमामा नआएको दाबी गरिन् । बगानमा खनाल, मानन्धर, कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
सुरेश वाग्ले बगानका निर्माता हुन् ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update