Public Pana
सत्यमोहन जोशीको  अवस्थामा सुधार भएन : किष्ट अस्पताल

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।  

    जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update