Public Pana
मदनको साहित्यिक क्षेत्रमा ठूलो योगदान रहेको पूर्वप्रधानमन्त्री ओलीद्धारा स्मरण


मदन भण्डारी कला–साहित्यमा ठूलो योगदान रहेको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्टाएका छन् । प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूल’ को लोकार्पण गर्दै उनले नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा भण्डारीको विशेष योगदान रहेको उल्लेख गरे ।
उनले भने, ‘जसरी राजनीतिमा मदनको अद्वितीय योगदान छ, त्यत्तिको योगदान साहित्यमा त रहन पाएन तथापि जनतालाई जागरुक गर्ने, प्रेरित गर्ने सन्दर्भमा मदनका सिर्जनाको विशेष योगदान रहेको छ ।’
समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सार्थक कार्यक्रम आयोजना गर्ने गरेको भन्दै प्रशंसा गरे ।
प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले यस कार्यक्रमले मदनको ओझेल परेको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्न सहयोग पुग्ने विश्वास जनाए । प्रतिष्ठानद्वारा यसअघि ‘हिमवत्खण्ड कला–साहित्य सम्मिलन’ आयोजना गरिएको उल्लेख गर्दै निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update