Public Pana
अखाद्य सामग्री बिक्री गर्नेलाई कामपाले गर्ने भयो एक लाख ५० हजार जरिवाना

काठमाडौँ महानगरले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार जरिवाना तिराएको छ ।
कामपा २ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि एक लाख ५० हजार जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले पब्लिक पानालाई जानकारी दिए ।
उनले, “आकाश फुड्सलेका सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाही स्वरुप साढे १ लाख तिराएको हो ।” पब्लिक पानालाई भने 
कारबाही स्वरुपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैंकमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैंक भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ ।
तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update