Public Pana
बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?

 काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।
सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । 
‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update