Public Pana
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको हो । अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख हुन् ।


 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update