Public Pana
संसदीय टोलीका चार जना न्यूयोर्क प्रस्थान

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ ।
संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्च स्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् । टोलीमा नेकपा एमालेका सचेतक महेशकुमार बर्तौला, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे रहेको सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
उक्त छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update