Public Pana
भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडिओ  शर्माको

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ सन्देश शर्माको स्वरसँग मिलेको बताएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ३४ वर्षीय शर्मा सोही प्रकरणमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । राणाले अडिओ ‘फेक’ भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

प्रहरी प्रपक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेका छन् । राणाले अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update