Public Pana
प्रधानमन्त्रीको आग्रह पछि संसद बैठक सारियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आइतबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको छ । 

प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update