Public Pana
कोशी प्रदेश सरकार विरुद्धकाे रिटमा आज सर्वाेच्चमा सुनवाइ हुदैँ

 कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुदैँछ । 

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए । 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो ।

सो रिटको आज आइतबारका लागि पेसी तोकिएको थियाे ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update